मनोरञ्जन

‘क्याप्टेन’ अभिनेत्री प्रियंकाले गरिन् इन्गेजमेन्ट

काठमाडौं । गतवर्ष प्रदर्शित अफिल्म ‘क्याप्टेन’बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी प्रियंका एमभीले इन्गेजमेन्ट गरेकी छन् । उनले शुक्रवार प्रेमी सफल अधिकारीसँग औंठी साटेकी हुन् ।

उनीहरुको इन्गेजमेन्ट समारोहमा दुई पक्षका परिवारको मात्र उपस्थिति रहेको थियो । प्रियंकाका हुनेवाला श्रीमान् इन्जिनियर हुन् । इन्स्टाग्राममा सफल अधिकारीले आफू नासामा काम गर्ने उल्लेख गरेका छन् ।

प्रियंकाले गएको प्रणय दिवसको दिन इन्स्टाग्राममार्फत् आफू सफलको प्रेममा रहेको खुलासा गरेकी थिइन् ।

गएको तीन दिनदेखि उनले दैनिक रुपमा आफ्नो इन्स्टामा प्रेमीसँग रोमान्टिक अन्दाजमा खिचिएका तस्विरहरु साझेदार गरिरहेकी छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *