देश

प्राध्यापक एवं चर्चित साहित्यकार डिपी भण्डारीको निधन   

काठमाडौँ। प्राध्यापक एवं साहित्यकार दुर्गाप्रसाद (डिपी) भण्डारीको निमोनियाका कारण आज निधन भएको छ । उपचारमा रहेका निबन्धकार भण्डारीको धुम्रबाराहीस्थित ह्याम्स अस्पतालमा आज बिहान ११ः३० बजे निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ ।

त्रिभुवन विश्वविद्यालयमा करीब ३८ वर्ष अङ्ग्रजी विषयमा प्राध्यापन गरेका ८५ वर्षीय भण्डारी नेपाली साहित्यका क्षेत्रमा प्रखर र प्रस्ट वक्ताका रुपमा स्थापित थिए। विश्व र नेपाली साहित्यका ज्ञाता एवं बौद्धिक व्यक्तित्वका धनी भण्डारी अङ्ग्रेजी, नेपाली र संस्कृत भाषामा दख्खल थियाे । उनी निबन्धकार, पत्रपत्रिकामा स्तम्भकार र मिलनसार साहित्यकारका रुपमा परिचित थिए ।

उनका मृगस्थली, रोटी, फुललगायत चार निबन्ध सङ्ग्रह प्रकाशित छन् । साहित्य र समसामयिक विषयमा एफएम रेडियोमा उनी प्रवचन दिने गर्थे । पुख्र्याैली घर डोटी रहेका साहित्यकार भण्डारी प्रजातान्त्रिक विचारप्रति आस्था राख्थे । उनका दुई छोरा छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *