खेलकुद

सातदोबाटाेस‌ंग ब्वाइज युनियन क्लब पराजित

काठमाडौँ। शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगितामा सातदोबाटोले ब्वाइज युनियन क्लबलाई पराजित गर्दै विजयी भएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेलमैदानमा आज भएको खेलमा सातदोबाटोले ब्वाइज युनियन क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो ।

सातदोबाटोको जीतमा महेन्द्र कार्कीले गोल गरे । उनले खेलको पहिलो हाफको १४औँ मिनेटमा गरेको एक गोल नै सातदोबाटोका लागि निर्णायक गोल साबित भयो । त्यसपछि खेलका विभिन्न समयमा गोल फर्काउन नसकेको ब्वाइज युनियन अन्ततः हार बेहोर्न बाध्य बन्यो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *