मनोरञ्जन

करोड क्लबमा ‘तिम्रो घरको वरिपरी’

काठमाडौं । आजबाट प्रदर्शनमा आउने भनिएपनि कोरोनाको कारण प्रदर्शन मिति स्थगित गरेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’को निर्माण टिमलाई भने यो चलचित्रमा समावेश ‘तिम्रो घरको वरिपरी’ले खुशी दिएको छ ।

यो गीतले युटुबमा १ करोड भ्यूज बटुलेको छ । सामाजिक संजालमा समेत निकै हिट भएको यो गीतलाई करिब २ लाख लाइक समेत मिलेको छ । यस्तै, १४ हजार भन्दा बढीले गीतलाई लिएर प्रतिक्रिया दिएका छन् । सार्वजनिक भएको २ महिनामा यो गीतले करोड भ्यूज पाएको हो ।

अर्जुन पोखरेलको शब्द तथा संगीतमा तयार भएको यो गीतमा सोनम तोप्देन र अस्मिता अधिकारीको स्वर छ ।

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार नायिका पूजा शर्मा र नायक पल शाहलाई फिचरिङ गरिएको छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतमा सौरभ लामाको छायांकन छ ।

सुदर्शन थापाले यो चलचित्रको निर्माण तथा निर्देशन गरेका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *