मनोरञ्जन

अभिनेता सन्तु मुखोपाध्यायको निधन

मुम्बई । बंगाली अभिनेता सन्तु मुखोपाध्यायको निधन भएको छ । बुधबार साँझ कोलकाता स्थित आफ्नै निवासको उनको निधन भएको हो । ६९ बर्षिय अभिनेता सन्तुको हृदयघातका कारण निधन भएको हो ।

सन्तु उच्चरक्तचाप र सुगरको समस्याबाट पिडित समेत रहेका थिए । ‘संसार मिमान्टे’ र ‘भालोबासा भालोबासा’ जस्ता फिल्मबाट चर्चित बनेका सुन्तु निर्देशक तपन सिन्ह, तरुण मजुमदार र गौतम घोष जस्ता निर्देशकको प्रिय थिए ।

उनको छोरी स्वस्तिका मुखर्जी समेत अभिनेत्री रहेकी छन् । सन्तु २०को दशकको लोकप्रिय अभिनेता रहेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *