देश

बैदेशिाक रोजगारीमा जान चाहनेलाई रोल्पामा परामर्स

रोल्पा।“स्वदेशमा नै रोजगारी गरौ, बैदेशिक रोजगारीमा जाने नै भए सही सूचना लिएर र सीप सिकेर मात्र जाऔं” भन्ने मुल नाराका साथ रोल्पामा संचालनमा रहेको सुरक्षित आप्रबासी (सामी) परियोजना प्रभावकारी बन्दै गएको छ । यो परियोजना मार्फत बैदेशिक रोजगारीमा जान चाहनेहरुलाई सीप सिकाउनका लागि उनीहरुको योग्यता, क्षमता, उमेर र कामप्रतिको उत्सुकताका आधारमा सिफारिस गरी सम्वन्धीत ठाउँमा पठाउने गरिएको परियोजनाले जनाएको छ ।
हाल जिल्लाका ४ स्थानीय तह अन्तर्गत रोल्पा नगरपालिका, सुनिलस्मृति गाउँपालिका, परिवर्तन गाउँपालिका र रुन्टीगढी गाउँपालिकामा संचालनमा रहेको परियोजनाले बैदेशिक रोजगारीमा जान चाहनेलाई पहिलो चरणमा परामर्श दिन शुरु गरेसंगै सेवाग्राहीले खुशी प्रकट गर्न थालेका छन् । कार्यक्रम संचालनमा रहेका प्रत्येक स्थानीय तहमा एक एक जना मनोसामाजिक परामर्शदाता एकएक जना बित्तिय साक्षरता सहजकर्ता र तीन तीन जना रिटर्नी स्वयंसेवक हरुले सेवा दिइरहेको विकास सरोकार समाज डिकोस रोल्पाका उपाध्यक्ष कुमबहादुर पुनले जानकारी दिए । उनका अनुसार नेपाल सरकार र स्वीजरल्याण्ड सरकार वीच भएको द्विपक्षीय संझौता अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानीय सरकारहरुको नेतृत्वमा रोल्पामा संचालनमा भएको हो । यो परियोजनालाई हाल हेल्भेटास नेपालले प्राविधिक सहयोग गरिरहेको छ भने सेवा प्रदायक संस्था विकास सरोकार समाज (डिकोस) रोल्पा अन्तर्गत रोल्पा जिल्लामा संचालनमा रहेको छ । हाल जिल्लाका ४ स्थानीय तहमामात्र कार्यक्रम संचालनमा रहेको भएतापनि जिल्ला भरका सेवाग्राहीलाई सेवा प्रदान गर्नकालागि यस परियोजनाले जिल्ला प्रशासन कार्यालय रोल्पा मार्फत आप्रबासन श्रोत केन्द्रमा रही सुरक्षित बैदेशिक रोजगारी सम्वन्धी सूचना र परामर्स दिइरहेको छ । जसका लागि सूचना केन्द्रमा एक महिला र एक पुरुषगरी दुई जना परामर्शकर्ता रहेका छन् ।
आप्रबासी श्रोतकेन्द्र लिबाङ रोल्पाबाट करिव २ हप्तामा ८६ जना सेवाग्राहीले सु्रक्षित बैदेशिक रोजगारी सम्वन्धी परामर्श लिइसकेका छन् । परामर्श लिने सेवाग्राहीमा ७० जना पुरुष र १६ जना महिला गरी जम्मा ८६ जना रहेको सामी परियोजनाका एमआरसी काउन्सीलर स्मृति रोकामगरले जानकारी दिए। उनका अनुसार सन् २०२० फेब्रुअरी २५ तारिखदेखि रोल्पामा विधिवत रुपमा सुरक्षित बैदेशिक रोजगारीका लागि आप्रबासी श्रोत केन्द्र स्थापना गरी कार्यक्रम संचालनमा रहेको छ । यो कार्यक्रम संचालन भएपछि जिल्ला प्रशासन कार्यालय रोल्पामा राहदानी बनाउन आउनेहरुलाई बैदेशिक रोजगारीका बारेमा जानकारी गराउन सहज भएको सहायक प्रमुख जिल्ला अधिकारी नवराज शर्मा दोरंगाले जानकारी दिए। उनका अनुसार कार्यक्रम एकदमै राम्रो तथा प्रभावकारी बन्दै गएको छ । प्रतिफलमा बृद्धि, सुरक्षित कार्य वातावरण बनाउने उद्देश्यले शाखा स्थापना गरिएको उनको भनाइ छ । यो परियोजनाले बैदेशिक रोजगारीमा जान चाहनेहरुका लागि सीपमूलक तालिम दिनुका साथै सूचनामा पहुच, न्यायमा पहुच, मनोसामाजिक परामर्श बित्तिय सुरक्षाका बारेमा जानकारी दिने गरेको छ । जसका कारण सेवाग्राही लाई थप सहज भएको उहाँले बताउनु भयो । हालसम्म रोल्पाबाट कतिजना कुनदेशमा बैदेशिक रोजगारीमा गए भन्ने आधिकारिक तथ्यांक कही कतैबाट पाउन नसकेपनि ठूलो संख्यामा रोल्पालीहरु बैदेशिक रोजगारीमा जाने गरेका छन् ।
केही महिना अघिमात्र बैदेशिक रोजगारीबाट जिल्ला फर्किएका पूर्वि रोल्पाका मनसुर दमाईका अनुसार “हालसम्म बैदेशिक रोजगारीमा जाने अधिकांस युवायुवतीहरुले न आवस्यक सीप सिकेका हुन्छन् न उनीहरुसंग कुनै किसिमको दक्षता हुन्छ फलस्वरुप दुःख पाएर फर्कन्छन् । तर जिल्लामा करिव एक सातादेखि देखि संचालनमा रहेको यो परियोजनाले बैदेशिक रोजगारीलाई सुरक्षित मर्यादित र सहज बनाउन सहयोग पुर्याउने छ । यसका साथै बैदेशिक रोजगारीमा जाने ब्यक्तिहरुले पनि सहज रुपमा काम गर्न सक्ने छन्” भन्दै दमाइले खुशी प्रकट गर्नुभएको छ । यसैगरी बैदेशिक रोजागरीमा जान चाहने तथा त्यहाँ पुगेर दुःख पाउँदै फर्कि आएका युवाहरुपनि अवका दिनमा आवश्यक परामर्स लिएर जान पाउने भएपछि थप हर्षित भएको रोल्पा नगरपालिकाका हर्के कामीले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *