संखुवासभा।चैनपुर नगरपालिका वडा नं. ३ मा सिद्धाश्रम शक्ति केन्द्र एवं शिवालय मन्दिरको आश्रम उद्घाटन गरिएको छ । एक कार्यक्रमका बीच आश्रम केन्द्रीय संयोजक रामजी अर्याल, सिद्धाश्रमकै केन्द्रीय संयोजक विन्देश्वरी बराल, नगर प्रमुख भरत कुमार खत्री र सिद्धाश्रम शक्तिकेन्द्रका अध्यक्ष ज्ञान बहादुर कार्कीले संयुक्त रुपमा केन्द्रको उद्घाटन गरेका थिए ।

फागु पूर्णिमाको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा देशका विभिन्न भागबाट कोरना भाइरस संक्रमणको समेत प्रवाह नगरी सयौको संख्यामा श्रदालु भक्तजनहरु सो उद्घाटन समारोहमा सरिक भएका थिए । कार्यक्रम उद्घाटन हुन अघि कलश यात्राका साथ पोखरी बजार हुँदै चैनपुर बजारबाट सिद्धकाली मन्दिर हुँदै सिद्धाश्रम भवनमा पुगेर कार्यक्रममा रुपान्तरण भएको थियो ।
कार्यक्रममा सद्गुरुदेव गोरखनाथ र स्वामीश्री निखिलेस बरान्द महाराजको समेतको भक्ति भावगर्दै जप, ध्यान, हवन साधना गरेर विधिपूर्वक पूजा आरधना गरेर धार्मिक पून्यलाभ भक्तजनहरुलाई गरिएको थियो । योग, ध्यान साधनाजस्ता माध्यमबाट आध्यत्मीक चेतना अभिवृद्धि गरी समाजमा सुयोग्य नागरिक तयार पार्नका लागि यस किसिमको संस्था स्थापना गरिएको सिद्धाश्रम केन्द्रका केन्द्रीय संयोजक रामजी अर्यालले बताए।

कार्यक्रममा चैनपुर नगरपालिकाका नगरप्रमुख भरत कुमार खत्रीले आर्युवेद, ध्यान, यज्ञ, पूजा , उपसना, वेद पूराण जस्ता हाम्रा प्रचिन ऋषिमुनीद्धारा प्रतिपादित सिद्धान्त आजपनि मानवजीवनका लागि उत्तिकै सार्न्दर्भिक रहेको वताए । कार्यक्रममा सिद्धाश्रम केन्द्रकै अर्का केन्द्रीय संयोजक विन्देश्वरी बरालले संखुवासभा जिल्लामा २ वर्ष अघि स्वीकृती लिएर सिद्धाश्रम शक्ति केन्द्र आध्यत्मिक शक्ति अनुसन्धान संस्था बसुन्धरा काठमाण्डौले चैनपुरमा संस्थाका अभियानता इन्दिरा कार्कीको अगुवाइमा ५० लाख माथि खर्चेर आर्कषक शैलिमा सिद्धाश्रम भवन निर्माण भएसँगै आज एक कार्यक्रमका बीच सो भवनको उद्घाटन गरिएमा खुशी व्यक्त गरे । कार्यक्रममा भक्तजनहरुलाई शब्दद्वारा स्वागत गर्दै सिद्धाश्रम केन्द्र चैनपुरका अध्यक्ष ज्ञान बहादुर कार्कीले भक्तजनहरुलाई योगका माध्यमबाट अघि बढ्न सुझाएको बताए ।





