देश

गोरखपुरमा अलपत्र परेकी किशोरीको उद्धार

चन्द्रौटा।भारतको गोरखपुरमा अलपत्र परेकी एक किशोरीको उद्धार गरिएको छ । कपिलवस्तु नगरपालिका वडा नं ८ निवासी १६ वर्षीया किशोरीको भारतीय प्रहरीको सहयोगमा शान्ति पुनःस्थापना गृहले उद्धार गरेको हो ।

शिवरात्रिका दिन मेला हेर्न जान्छु भनेर हिँडेकी किशोरी सम्पर्कविहीन भएपछि परिवारले प्रहरी समक्ष खोजिदिन आग्रह गरेका थिए । खुनुवा नाका हुदै भारत प्रवेश गरेको सूचनाका आधारमा भारतीय प्रहरीसँग समन्वयन गरी उद्धार गर्न सफल भएको शान्ति पुनःस्थापना गृहका क्षेत्रीय संयोजक भूमिराज भट्टराईले बताए।

उद्धार गरिएकी किशोरीलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमार्फत परिवारको जिम्मा लगाइएको छ । किशोरीलाई कसले किन लग्यो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *