काठमाडौं । कोरोना भाइरसको भविष्यवाणी १२ वर्षअघि नै भएको खुलेको छ ।
सिल्भिया ब्राउनीले आफ्नो पुस्तकमा सन् २०२० मा संसारभर निमोनियाजस्ता रोग निम्त्याउने भाइरस फैलिने भविष्यवाणी गरेकी हुन् ।
फोक्सोमा आक्रमण गरी सबै किसिमका औषधीले काम लाग्न नसक्ने हुनेसमेत पुस्तकमा उल्लेख छ । सन् २००८ मा प्रकाशित पुस्तक ‘इन्ड अफ डेजः प्रेडिक्सन एन्ड फोरफेसिज एबाउट दी इन्ड अफ दी वल्ड’मा लेखकले यस्तो भविष्यवाणी गरेका थिए ।
अहिले पुस्तक र यसमा उल्लेखित रोगको भविष्यवाणीबारेको पेज भाइरल भइरहेको छ ।




