मुम्बई । सुपरहिट फिल्म ‘एक भिलेन’को सिक्वेलका लागि अभिनेत्री दीशा पाटनी फाइनल भएको छ । सन् २०१४को सिद्धार्थ मल्होत्रा, श्रद्धा कपूर र रितेश देशमुख अभि नित यो फिल्म मोहित सूरीले निर्देशन गर्दैछन् । दीशा केही अगाडि फिल्म ‘मलंग’मा देखिएकी थिइन् । फिल्ममा अभिनेता द्वय आदित्य रोय कपूर र जोन अब्राहमको मुख्य भुमिका समेत रहनेछ ।
दिशाको अभिनयको बिषयमा निर्देशक मोहितले भने ‘दीशा अझै एक्सन गर्न चाँहन्छिुन् । मान्छेलाई पिट्न, स्टन्ट गर्न र किक मार्न सक्छिन ।’ ‘मलंग’ मा अभिनेत्री दिशाको कामबाट प्रभावित भएर मोहितले उनलाई ‘एक भिलेन २’ मा दोहोर्याएका हुन् ।
फिल्म ‘एक भिलेन २’ मा दिशाको भूमिकाको बारेमा बताउँदै निर्देशक मोहितले भने ‘जसरी हालै प्रदर्शनमा आएको फिल्म ‘मलंग’ मा दिशा विल्कुलै नयाँ अवतारमा प्रस्तुत भएकी थिइन्, त्यसरी नै यो फिल्म एक्सन फ्रेन्चाइजको अभिन्न अंगको रुपमा उसलाई स्थापित गर्नेछ ।’ दिशा चाँडै सलमान खानको फिल्म ‘राधे’ मा देखिँदैछिन् । उनीसँग ‘कैटीना’ नामको एक फिल्म पनि छ ।
‘एक भिलेन २’ मा दिशाको जोडी जोन अब्राहम बन्ने छन् । दीशा एक्सनका लागि अहिले एक्सन ट्रेनिङमा जुटेकी छन् ।




