धर्म/सस्कृति

प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामनासहित पसुपतिमा बिषेश पूजा

काठमाडौं।शिक्षण अस्पताल महाराजगञ्जमा प्रधानमन्त्री केपीशर्मा ओलीको मिर्गौला प्रत्यारोपण भैरहदा उनको स्वास्थ्यलाभको कामना सहित पसुपतिनाथमा बिषेश पूजापाठ गरिएको छ ।

पसुपति बिकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना सहित पसुपतिनाथमा आज पहिलो प्रहरको पूजापाठ गराएका हुन ।

मिर्गौला प्रत्यारोपणको सफलतासहित शीघ्र स्वास्थ्यलाभको कामना सहित बिहान भएको बिषेश पूजापाठ र रुद्राभिषेकमा डा. थापा सहित अन्य सुभेक्षुकहरुको सहभागिता रहेको थियो ।

कोषाध्यक्ष थापाले चीनबाट सुरु भई विश्वका ७७ देशमा फैलिएको कोरोना भाईरहको संक्रमण नेपालमा नफैलियोस भनेर राष्ट्रदेव पसुपतिनाथमा बिषेश पूजापाठ गराएको जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *