संखुवासभा।शेर्पा समुदायमा मनाइने ग्याल्पो ल्होसार संखुवासभा जिल्लाको विभिन्न भागमा विविध कार्यक्रमका साथ मनाएका छन् ।
शेर्पा समुदायले २१४७ औ ग्याल्पो ल्होसार चैनपुर नगरपालिका स्थित साङग छयोलिङ गुम्बामा विशेष पाठपूजाका साथ ल्हाोसार मनाएका थिए । कार्यक्रमको प्रमुख अतिथि एवं चैनपुर नगरपालिका प्रमुख भरत कुमार खत्रीले गुम्बाको विकासका लागि विभिन्न कार्यक्रमहरु तय भइरहेको जानकारी गराए ।
ग्याल्पो लोसार आयोजक समितिका अध्यक्ष दातेम्बा शेर्पाको सभापतित्वमा सम्पन्नका र्यक्रममा गुम्बामा हाल एक सभाहल गुम्बा निर्माण तथा गेट निर्माणका लागि डिपिआर तयार भईसकेको गुम्बाका व्यवस्थापन समितिका अध्यक्ष फुर्वा शेर्पाले वताए ।

कार्यक्रमको अवसरमा सोनाम लामा तामाङले रुपैया ५ हजार बराबरको नेपाली अनुवाद सहितको दमाङ साङगछयोलिङ गुम्बा व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख लामा पासाङ लामालाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा शेर्पा जातीको नृत्य एवं ल्होसार विशेष सास्कृतिक कार्यक्रमहरु समेत सम्पन्न भएको कार्यक्रम सञ्चालक आङमिङमा शेर्पाले वताए ।





