देश

त्रिशूली नदीमा ट्रक खस्दा चालकको मृत्यु   

धादिङ।धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ को ज्यामिरेघाटबाट ट्रक त्रिशूलीमा खस्दा एकजनाको मृत्यु भएको छ । आइतबार बिहान ना५ख ३७७७ नंको सिमेन्ट बोकेको ट्रक त्रिशूलीमा खस्दा मकवानपुर भिमफेदी निवासी चालक बिखे थोकरको मृत्यु भएको हो ।

दुर्घटनामा परी सहचालक सप्तरी रुपनगरका राजेश विक घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानाकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *