दार्चुला।महाकाली नगरपालिका–१ की एक सुत्केरीको हवाई उद्धार गरिएको छ । जिल्ला अस्पतालमा सुत्केरी भएकी ३२ वर्षीया कौसिला धामीको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।
सुत्केरी हुनुे समयअगावै धामीले बच्चा जन्माएकी हुन । छ महिनामै बच्चाको जन्म दिएपछि उनलाई सघन उपचार कक्षमा राखेर उपचारका लागि कोहलपुर सिफारिस गरिएको छ ।
प्रजिअ यदुनाथ पौडेलको विशेष पहलमा सुत्केरीको उद्धार गरिएको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिलाको उद्धार गरिएको हो । दोस्रो सन्तानका रूपमा धामीले जन्माएकी बताइएको छ । धामी महिला तथा बालबालिका कार्यालय नौगाडमा कार्यरत छिन ।




