देश

संखुवासभा साक्षर जिल्ला घोषणा

संखुवासभा।साक्षर नेपाल, समृद्ध नेपाल र सुखी नेपाली मुल नाराका साथ हामी सबै प्रणः सार्वजनि शिक्षा प्रर्णालीको सवलीकरण प्रमुख नारा बनाएर साक्षर संखुवासभा जिल्ला घोषणा गरिएको छ । विज्ञान प्रविधि तथा शिक्षा मन्त्री गिरीराजमणि पोख्रेलले साक्षर जिल्लाको रुपमा संखुवासभालाई घोषणा गरेका हुन ।संखुवासभामा ९५ दशमलव ६३ प्रतिशत साक्षर भए सगै जिल्लालाई साक्षर घोषणा गरिएको हो । संखुवासभा साक्षर घोषणा भएको ५३ औं जिल्ला हो ।
आगामी २ वर्ष भित्र देशलाई साक्षर राष्ट्रको रुपमा घोषणा गर्ने प्रतिवद्धता व्यक्त गरे। उनले कुनै पनि वालवालिका शिक्षाको उज्यालो घामबाट वन्चित हुन नपरोस् भन्नुहुँदै बालवालिकाहरुलाई प्रविधिमैत्री र गुणस्तरीय शिक्षाका लागि देशका सामुदायीक विद्यालयका शिक्षकहरु शैक्षिक गुणस्तर निमार्ण गर्न अहोरात्र लाग्नुपर्ने वताए । मन्त्री पोख्रलले सम्बोधनकै क्रममा देशभरी आज ३९ हजार शिक्षक अपुग रहेको स्मरण गर्दै प्राविधिक धारको शिक्षक र ल्याव शिक्षाको समाधान गर्न नेपाल सरकार लागि परेको वताए।


कार्यक्रममा संघीय सासद राजेन्द्रप्रसाद गौतमले जिल्ला साक्षर जिल्ला घोषणा भए सँगै विकासको सूचकमा एक कदम अघि बढेको बताए । यसैगरी प्रदेश नं १ का साँसद एवं सामाजिक विकास समितिका सभापति सरिता खड्का, प्रदेश नं. १ का सांसदहरु पूर्णप्रसाद राई, तुलसी प्रसाद न्यौपाने, पदम कुमारी गुरु, नेकपाका जिल्ला अध्यक्ष हेमराज घिमिरे, नेपाली काँग्रेसका जिल्ला सचिव डम्बर बस्नेत, स्थानीय पालिकाको तर्फबाट मादी नगरपालिकाका नगर प्रमुख विदुर लिंथेप, शिक्षक नेताहरु लगायतले साक्षर जिल्ला घोषणा कार्यक्रमलाई सम्बोधन गरेको सो कार्यक्रमको आयोजना साक्षर अभियान जिल्ला समन्वय समिति संखुवासभाको आयोजनामा जिल्ला समन्वय समितिका संयोजक सुमन कुमार शाक्यको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको शिक्षा विकास तथा समन्वय इकाई संखुवासभाका प्रमुख केशव भट्टराईले जानकारी दिए । इकाई प्रमुख भट्टराईका अनुसार संखुवासभा जिल्लामा १० पालिकामा साक्षर घोषणा गरेसँगै जिल्लाको सदरमुकाम खाँदवारीको टुडिखेलमा स्थानीय जनप्रतिनिधि,सञ्चारकर्मी सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि र नगरवासीहरुको उपस्थितिमा भव्यरुमा विभिन्न झाकी र कार्यक्रमका साथ बजार परिक्रमा गरेर कार्यक्रम गरिएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *