विश्व

अमेरिकी हवाई कारबाहीमा परी तीन आतङ्ककारी मारिए  

सिन्ह्वा। सोमालियाको राजधानी सहर मोगादिसुको वादाजिर जिल्लामा बुधबार अमेरिकाआवद्ध एक हवाई कारबाहीमा परी अल शबाब आतङ्ककारी समूहका तीन सदस्य मारिएका छन् ।

यस कारबाहीको क्रममा सर्वसाधारणतर्फ कुनै हताहत नभएको संयुक्त राज्य अफ्रिका कमाण्ड (अफ्रिकम) गुप्तचर विभागका उप निर्देशक ग्रेगोरी हेडफिल्डले बताए ।

अल शबाबले विगतका दिनहरुमा विस्फोटक उपकरणहरुको सहयोगले हत्या, हिंसा गर्दै आएका उप निर्देशक ग्रेगारी बताएका छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *