काठमाडौँ।नेपाली काँग्रेस गुल्मीका प्रथम सभापति भागवत ज्ञवालीको अल्सर रोगबाट निधन भएको छ ।विगत केही समयदेखि ज्ञवाली अल्सर रोगबाट पीडित थिए। पूर्वसांसद समेत रहेका उनको उपचारका क्रममा आज बिहान ललितपुरको अल्का अस्पतालमा निधन भएको हो ।
विसं २००१ कात्तिक १ गते गुल्मीमा जन्मिएका उनी २०४८ सालको निर्वाचनमा सोही जिल्ला निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए ।
नेपाली काँग्रेसले गुल्मीका अग्रज, निष्ठावान् एवम् अभिभाव ज्ञवालीको निधनले नेपालको लोकतान्त्रिक आन्दोलन र पार्टी सङ्गठनमा महत्वपूर्ण क्षति पुगेको जनाएको छ । पार्टी सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आज शोक वक्तव्य जारी गर्दै ज्ञवालीको निधनले आफूलाई दुःखित र स्तब्ध बनाएको जनाएका छन ।
सम्बन्धित समाचार
२९ फाल्गुन १६:००
२८ फाल्गुन १४:५५
२३ फाल्गुन १९:३०
२४ फाल्गुन १५:१४
२९ फाल्गुन १३:४४
२४ फाल्गुन १६:०९
२४ फाल्गुन १८:०५
२३ फाल्गुन २१:०७




