संखुवासभा।चैनपुर सेकेण्डरी अंग्रेजी बोर्डिङ्ग स्कुल चैनपुरले आफ्नो २८ र्औ वार्षिकोत्सव समारोह विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ ।
कार्यक्रमक ाप्रमुखअतिथि जिल्ला अदालत संखुवासभाका जिल्लान्यायधीश शान्ती प्रसाद आचार्यले वार्षिकोत्सवको अवसरमा शुभकामना दिदै विद्यालय स्तरमा कानुनी शिक्षा आवश्यक रहेकोले कानुनी विषयको समेत ज्ञान दिनु पर्ने वताए । समाजमा घटेको घटनाहरुलाई हेर्दा १५– १६ वर्षका किशोर किशोरीहरु विभिन्न घटनामा संलग्न रहेको देखिन्छ,त्यसैले माध्यमिक तहबाट नै कानुनी शिक्षा अवश्यक छ , आचार्याले भने समाजमा राम्रो वातावरण सृजना गर्न पनि कानुनी ज्ञानको आवश्यक हुन्छ ।
कार्यक्रममा प्रिन्सिपल प्रमोद शाक्यले विद्यालयको वार्षिक गतिविधि एवं प्रतिवेदन पेश गरेका थिए । २०४९ सालमा स्थापित विद्यालयले विभिन्न अरोह अवरोह पार गर्दै संस्थागत विकासमा अघि बढ्दै यस अवस्थासम्म आइपुग्न सफल रहेको प्रिन्सीपल शाक्यले वताए। अब चाडै मल्टीमिडियाको माध्यमबाट पठनपाठन शुरु गर्न लागिएको समेत प्रिन्सिपल शाक्यले वताए ।
कार्यक्रममा गतवर्षको एसईई परीक्षामा जिल्लामै उत्कृष्ट जिपिएल्याउन सफल विद्यार्थी द्वय लक्की लिम्बू र पला श्रेष्ठका अभिभावकहरुलाई विद्यालयले सम्मान गरेको कार्यक्रम सञ्चालक कुमारजंङ्ग तामाङले बताए । परिक्षामा लिम्बूले ३.६५ र श्रेष्ठले ३.५५ जिपिए ल्याउन सफलभएका थिए ।
विद्यालयव्य वस्थापन समितका अध्यक्ष दीर्घ कुमार शाक्यको सभापतित्वमा भएको उत्सवमा विद्यालयलाई समेटेर गीत उत्पादन गर्ने राष्ट्रिय कलाकारहरु सम्मानित भएका थिए । रचनाकार मिनकुमार आलेमगर, संङ्गीतकार सुरेन्द्र पुलामी मगर, गायीका कृष्टिना श्रेष्ठलाई सम्मान गरिएको थियो । यसै गरी विद्यालयले आयोजना गरेको सुपर सेप सुट ट्यालेण्ट हण्ट नृत्य प्रतियोगितामा जुनियर र सिनियर तहगत सफल प्रतियोगिहरुलाई समेत पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । ।
कोशी प्रदेश




