खेलकुद

इङ्लिस प्रिमियर लिगमा अभागी चेल्सी, हानेको दुबै गोलले मान्यता पाएन

एजेन्सी । इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सी अभागी सावित भएको छ । गएराति भएको खेलमा चेल्सी म्यानचेस्टर युनाइटेडसँग २–० गोलले पराजित भयो । आफूले हानेको दुई गोल भीएआरको सहायतामा मान्यता नपाउँदा चेल्सी अभागी सावित भएको हो ।

चेल्सीलाई उसैको मैदानमा युनाइटेडका एन्थोनी मार्सियल र ह्यारी मिगुएरले गोल गरेर हार चखाएकाे हाे । ४५औँ मिनेटमा एन्थोनी मार्सियालले आरोना विशाखाको पासमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए । दोस्रो हाफमा सानदार प्रदर्शन गरेको चेल्सीले गोलको अवसर पनि बनायो । तर, ५४औं मिनेटमा कोर्ट जोउमाले गरेको गोललाई भीएआरको सहायतामा मान्यता दिईएन ।

६६ औँ मिनेटमा ह्यारी मिगुएरले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर बनाए । उनले ब्रुनो फर्नान्डेजको पासमा गोल गरेका थिए । त्यसपछि ७७ औँ मिनेटमा चेल्सीका ओलिभर गिरुउडको गोललार्ई भीएआरकै सहायतामा अफसाइड दिएपछि चेल्सी हार खेप्न बाध्य बनेको थियो ।

हारसँगै चेल्सी चौथो स्थानमा छ । चेल्सीले २६ खेलबाट ४१ अंक बनाएको छ । ३८ अंक बनाएको युनाइटेड सातौं स्थानमा उक्लिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *