काठमाडौँ।वीपी विचार राष्ट्रिय समाजका सहसभापति गोविन्दराज जोशीले नेपाली काँग्रेसका नेता तथा कार्यकर्तामा वीपीको विचार पुग्न नसकेको दाबी गरेका छन। वीपी विचार राष्ट्रिय समाज सल्यानको पहिलो जिल्ला अधिवेशनको उदघाट्न गदै प्रमुख अतिथि जोशीले वीपीको विचार अवलम्बन गरेमात्र पार्टी शक्तिशाली बन्ने दाबी गरे । नेपाली काँग्रेसका नेता समेत रहेका जोशीले काँग्रेसमा गुटउपगुट हाबी हुँदा निरन्तर कमजोर बनेको उल्लेख गरे । वीपीले अबलम्बन गरेको राष्ट्रियता , प्रजातन्त्र र समाजवादबारे कार्यकर्ताहरुमा सहि ब्याख्या गर्न नसकिएको उनको तर्क छ ।
सोही कार्यक्रममा बोल्दै वीपी विचार राष्ट्रिय समाजका महासचिव विनयध्वज चन्दले वीपीको विचारलाई गाउँगाउँ पुर्याउनको लागि समाजले विभिन्न कार्यक्रमहरुको आयोजना गरिएको जानकारी दिए । कार्यक्रमका विशिष्ट अतिथि चन्दले आफूहरुले थालनी गरेको अभियानले काँग्रेसलाई बलियो बनाउनको लागि महत्वपूर्ण योगदान भएको दाबी गरे।
कार्यक्रममा बोल्दै वीपी विचार राष्ट्रिय समाजका केन्द्रीय सदस्य सुरेन्द्र हमालले वीपीको विचारबारे प्रकाश पारेका थिए । वीपीको विचारलाई गाउँगाउँमा पुर्याउनको लागि समाजले विभिन्न कार्यक्रमको आयोजना गरेको दाबी गदै काँग्रेसप्रति विश्वास बढ्दै गएको उल्लेख गरे ।
कार्यक्रममा नेपली काँग्रेसका सल्यान जिल्ला सभापति गणेश चन्द, जिल्ला समन्वय समितिका सभापति केशबहादुर विष्ट, नेपाल शिक्षक संघ सल्यानका अध्यक्ष एकराज बुढाथोकी, कर्णाली प्रदेश दलीत संघका उपाध्यक्ष चक्र परियार , नेपाल महिला संघकी केन्द्रीय सदस्य गिरिजा न्यौपाने, कर्णाली प्रदेश सभापति गोरख बहादुर केसी, महासमिति सदस्य टिकाराम रोक्का, प्रदेशसभा सदस्य एकराज डाँगी,रामचन्द केसी लगायतले धारणा राखेका थिए ।
नेत्रलाल ओलीको सभापतित्वमा २१ सदस्यीय कार्यसमिति
यसैबीच, वीपी विचार राष्ट्रिय समाज सल्यानको पहिलो जिल्ला अधिवेशनले नेत्रलाल ओलीको सभापतित्वमा २१ सदस्यीय कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा कृष्ण धिताल,सचिवमा रामचन्द केसी सहसचिवमा अनिल लगायतलाई निर्विरोध चयन गरिएको वीपी विचार राष्ट्रिय समाज सल्यानले जनाएको छ ।




