मनोरञ्जन

सन्जिबलाई रिस्ताले भनिन् – पिरती नाप्ने के ले हो

काठमाडौं । गायिका टीका प्रसाई र लोकप्रिय गायक तथा वरिष्ठ ईन्जिनियर बीरेन्द्र श्रेष्ठ को आवाजमा रहेको रोमान्टिक डान्स गीत ‘पिरती नाप्ने के ले हो ’ सार्वजनिक भएको छ ।

सार्वजनिक गीतमा नायिका रिस्ता बस्नेत र सन्जिब थेबे लिम्बुलाई देखाइएको छ ।
गीतमा दिपकराज विश्वकर्माले संगीत भरेका छन् ।

गीतको शब्द रबीन स्वप्निल गिरीको छ । सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको गीति भिडियोमा सन्जिब र रिस्ताको रोमान्टिक नृत्यले श्रोताको ध्यान खिच्छ ।

रफ, टफ पहिरनमा देखिएका सन्जिब र बोल्ड अवतारमा प्रस्तुत रिस्ताको रोमान्स सुहाउदो छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *