काठमाडौं । शुक्रबारबाट दुई नेपाली फिल्म एक साथ रिलिज हुने भएका छन् । विपिन कार्की अभिनित फिल्म ‘सेल्फी किङ’ र विराज भट्ट निर्दे्शित फिल्म ‘साङ्लो’ बीच प्रतिस्पर्धा हुने देखिएको छ ।अभिनेता विराजको फिल्म ‘साङ्लो’ले भन्दा ,‘सेल्फी किङ’ले मल्टी प्लेक्समा बढी शो पाएको छ ।
विराज भट्ट फिल्म प्रोडक्सन प्रालिको ब्यानरमा निर्माण भएको यो फिल्ममा विराजसँगै पूर्व्मिस नेपाल निकिता चन्डकले नायिकाको रूपमा काम गरेकी छन् । यसमा प्रकाश शाह, कामेश्वर चौरासिया, अमित गिरी, जयनन्द लामा, आरपी पन्त, भरत शाह, रमेशचन्द सोडोरीसहितका कलाकारको पनि मुख्य भूमिका छ ।
फिल्मलाई मानकृष्ण महर्जनले छायांकन गरेका हुन् । ‘साङ्लो’को छायांकन डोटीसहित मुस्ताङ, काठमाडौं, धनगढीलगायतका क्षेत्रमा गरिएको हो ।
यो फिल्ममा सुरेश अधिकारी, राजनराज सिवाकोटी र विनोद खम्बुको संगीत, शिबम अधिकारीको पटकथा तथा संवाद, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । फिल्ममा श्री श्रेष्ठको द्वन्द्व निर्देशन छ ।
यस्तै, शुक्रबारबाट रिलिज भएको फिल्म ‘सेल्फी किंङ’ मुलुकका ६ दर्जनभन्दा बढी हलबाट रिलिज भएको छ । बुधबार बेलुका काठमाडौंमा प्रिमियर सो गरिएको यो फिल्मले सिनेकर्मी र दर्शकबाट प्रिमियर सोमा राम्रो प्रतिक्रिया पायो । यो फिल्मको भूमिकामा अभिनेता विपिन कार्की छन् ।
सेल्फी किंङको नामले परिचित एक चर्चित हास्य कलाकार ९टेलिभिजन०ले कला यात्राको दौरान आफूले पाएको सफलता र व्यक्तिगत जीवनबीचको सन्तुलन मिलाउन गर्ने संघर्षको कथा यो चलचित्रमा छ । त्यो कलाकारको तीनको यात्राको कथा यसमा प्रस्तुत गरिएको छ ।




