विश्व

कोरोना भाइरसः हङकङमा १८ सङ्क्रमित, ज्यान गुमाउनेको संख्या ५०० पुग्यो   

सिन्ह्वा।चीनमा महामारीको रुप लिइरहेको कोरोना भाइरसबाट हङकङमा १८ जनामा सङ्क्रमण भएका जनाइएको छ । विश्वभर त्रास फैलाएको कोरोना भाइरसका कारण हङकङ अस्पतालमा पनि एक व्यक्तिको मृत्यु भएको अस्पतालका प्रवक्ताले मङ्गलबार पुष्टि गर्नुभएको थियो ।

हङकङका ती व्यक्तिलाई गत जनवरी ३१ मा कोरोना भाइरस सङ्क्रमण भएको पुष्टि भएको थियो । उपचारका लागि प्रिन्स मार्गरेट अस्पतालमा भर्ना भएका उनको हिजो मृत्यु भएको थियो ।  कोरोना भाइरसका कारण चीनमा करिब ५०० जनाको ज्यान गएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *