मनोरञ्जन

फागुन १७ मा लगनगाँठो कस्दै आयुष्मान र प्रियंका

काठमाडौ । बिगत दुई बर्षदेखि प्रेम सम्बन्धमा रहेका अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्कीले लगनगाँठो कस्ने भएका छन् । । उनीहरुले आउदो फागुन १७ गते बिवाह गर्न लागेको पारिवारिक श्रोताले बताएको छ । दुई पटक इन्गेजमेन्ट गरिसकेका उनीहरु अहिले बिवाहको तयारीमा छन् ।

फिल्म ‘कथा काठमाण्डू’को छायाँकन सेटमा पहिलो पटक भेटेका यी दुबैको बिच प्रेम त्यही औकुराएको थियो ।
आयुष्मान र प्रियंका यसै वर्षको असारमा विवाह गर्ने तयारीमा थिए । तर, दुवै पक्षका परिवारका सदस्यहरुको समय नमिलेपछि विवाह रोकिएको थियो ।

गत मंसिरमा अभिनेत्री ऋचा शर्माको रिसेप्सन पार्टीमा अभिनेत्री प्रियंकाले अर्को वर्ष मात्र विवाह हुने बताएकी थिइन् । दुवै पक्षका परिवारका सदस्यहरुको समय नमिलेपछि अर्को वर्षलाई बिहे सरेको उनको भनाई थियो । पछिल्लो समय ‘आयांक’ फाउन्डेसन खोलेर समाजसेवामा लागेका यो जोडीले अन्तत यसै बर्ष बिवाह गर्ने निणार्य गरेका हुन् ।

केही दिन पहिले आफ्ना घनिष्ट साथीहरुसँग प्रियंकाले थाइल्याण्डमा ब्याचलर पार्टी मनाएपछि प्रियंकाले यसै वर्ष विवाह गर्न लागेको चर्चा चलेको थियो । दुई पटक इन्गेजमेन्ट भएर पनि विवाह हुन नसक्दा कतिपयले अब उनीहरुको विवाह नहुने अड्कल काटेका थिए । तर अव भने फागुनमा बिवाह गर्ने भएका छन् । उनीहरुले बिवाहको बिषयमा भने आधिकारिक धारणा सार्वजनिक गर्न बाकी रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *