मनोरञ्जन

फिल्म ‘मन परेसी’ घोषणा

काठमाडौं । फिल्म ‘मन परेसी’को शुभमुहुर्त गरिएको छ । श्रीपंचमीको अवसर पारेर राजधानीको भद्रकाली मन्दिरमा पूजा गर्दै फिल्मको मुहूत गरिएको हो । अभिनेताद्वय आकाश श्रेष्ठ र रविन्द्र झा, डेब्यु अनुहार मोनालिसा खतिवडा, प्रस्तुतकर्ता रघु परियार, लेखक तथा निर्देशक रुपेश थिङ्गतामाङ्ग र वितरक करण श्रेष्ठ सहित युनिटको मुहूर्तमा उपस्थिति रहेको थियो ।

भद्रकाली मन्दिरमा कलाकार पुजा र आकाशले स्क्रिप्टको पूजा गर्दै सफलताको कामना गरे ।

‘जय शम्भु’ फेम्ड निर्देशक रुपेश थिङ तामाङले निर्देशन गर्ने फिल्ममा आकाश र पूजासँगै बुद्दि तामाङ, रविन्द्र झा, शिशिर राणा, किरण श्रेष्ठ , लक्ष्मण श्रेष्ठ लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ ।

लभस्टोरी र एक्सन जनरामा निर्माण हुने फिल्मको आउँदो आइतबारबाट छायांकन सुरु हुने बताइएको छ । रिच इन्टरटेनमेन्टले वितरण गर्ने फिल्मलाई अर्को वर्षको तीजमा प्रदर्शन गर्ने घोषणा गरियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *