एजेन्सी । हलिउड गायिका सेलेना गोमेजले पूर्व प्रेमी तथा चर्चित गायक जस्टिन बीबरलाई शोषणको आरोप लगाएकी छन् ।
गोमेजले आफ्नो बीबरसँग सम्बन्धमा ‘भावनात्म शोषण’ गरेको आरोप लगाएकी हुन् । एक अन्तवार्ताको क्रममा गोमेजले बीबरलाई त्यस्तो आरोप लगाएकी हुन् ।
अन्तवार्तामा उनीहरुको ब्रेकअपको समेत कुरा भएको थियो । ‘अपमानित भएको महसुस नगरी भन्न चाहान्छु कि म दुयवहारको सिकार भएकी थिए’ गोमेजले भनिन् ।
‘के तपाईं भावनात्म शोषणको सिकार हुनुभएको हो त ?’ भन्ने प्रश्नको जवाफमा उनले भनिन्, ‘हो, मेरो गीत ‘लुज यु टु लव मी’ पनि बीबरसँगको विछोडको पीडापछि नै गाएकी हुँ । ’




