कोशी प्रदेश

ज्यान मार्ने उद्योगका फरार प्रतिवादी पक्राउ

संखुवासभा। पाँचखपन नगरपालिका वडा नं. ३ सिबुवा वस्ने बुद्धिमान श्रेष्ठलाई गत कार्तिक ६ गते धारिलो घरेलु हतियार सहितको समूहले उनको घरैमा गई सांघातिक आक्रमण गरी फरार रहेका मध्ये सन्तोष राईलाई प्रहरीले पक्राउ गरेको छ ।
कार्तिक ६ गते पाँचखपन नगरपालिका वडा नं. ३ सिवुवा बस्ने धर्म राज राईका छोरा वर्ष २८ सन्तोष राई, सोही स्थान वस्ने पूर्ण बहादुर राईको छोरा वर्ष २२ का अशोक राई, रामकुमार राईको छोरा वर्ष २४ को संजय राई, सुक प्रसाद राईको छोरा वर्ष २४ को प्रमोद राई र आश बहादुर राईको छोरा वर्ष २५ को कृष्ण बहादुर राईको समुहले खेतमा पानी लगाई बाटो चिप्लो बनाएको निहुमा सोही स्थान वस्ने अन्दाजी वर्ष ५० को बुद्धिमान श्रेष्ठलाई निजकै घरमा खुकुरी बन्चरो सहित घरेलु हतियारले टाउको तथा शरीरका विभिन्न भागमा सांघातिक आक्रमण गरी मरणसन्न अवस्थामा पुर्‍याएका थिए ।
घाइते श्रेष्ठको आफ्नो दाहिने आँखा पुरै विग्रिए पनि आफू बाच्न सफल बताएका छन । ज्यान मार्ने उद्योगका फरार प्रतिवादीहरु खोजतलासको क्रममा वीर बहादर राईको घरमा लुकिछिपी बसेको अवस्थामा सन्तोष राईलाई इलाका प्रहरी कार्यालय वानाबाट खटिएको टोलिले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

राईलाई नियन्त्रणमा लिन खोज्दा केही उश्रृंखल mव्यातिहरुले प्रहरी टोलीमाथी आक्रमण गर्न खोजेपछि प्रहरीले चाइनिज १ राउड फाइरिङ समेत गरेको थियो । प्रतिवादी सन्तोष राईलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ भने अन्य फरार प्रतिवादीहरुको तिब्र खोजतलास जारी रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *