काठमाडौं । सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को निर्माण रहेको फिल्म ‘सेन्टी भाइरस’को ट्रेलर सार्बजनिक गरिएको छ। राजधानीमा एक कार्यक्रमकाबीच सार्वजनिक ट्रेलरमा गाउँमा हुने राजनीतिको कथा देखाउन खोजिएको छ ।
फिल्ममा सिताराम र कुञ्जनाको अलवा दयाहाङ राई, विल्सन विक्रम राई, बुद्धि तामाङ, राजाराम पौडेल, कमलमणी नेपाल, एलिस राइ, सन्दीप क्षेत्री, पवन खतिवडा, सुनिता घिमिरे लगायतको मुख्य भूमिका रहेको छ ।
‘सेन्टी भाइरस’लाई रामबाबु गुरुङले निर्देशन गरेका हुन्। कुमार कट्टेल र दीपक आचार्यले लेखेको रहेको फिल्म डिन्डु लामा ह्योल्मोको पनि लागनी रहेको छ । शैलेन्द्र डि कार्कीको छायांकन निमेश श्रेष्ठको सम्पादन रहेको फिल्म फागुन ९ गतेदेखि देशब्यापी प्रदर्शनमा आउँदैछ।




