मनोरञ्जन

कलाकार विल्सन विक्रम राई ‘तक्मेबुढा’लाई पुत्र लाभ

काठमाडौं । हास्य कलाकार विल्सन विक्रम राई ‘तक्मेबुढा’लाई पुत्र लाभ भएको छ । उनकी श्रीमती सरीना लामाले आज छोरालाई जन्म दिएकी हुन् । इलामकी सरीनासँग राईको गतबर्षको फागुनमा बिवाह भएको थियो ।

राईले पुत्रलाभ भएको खुसी आफ्नो फेसबुक मार्फत तस्बिर सहित शेयर गरेका छन् । आफ्नो जन्मदिनमा छोरा जन्मेको र बाबु बन्न पाएकोमा निकै खुसी महसुस भएको उनले सामाजिक संजालमा लेखेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *