काठमाडौं । चैत २८ गते प्रदर्शन मिति तोकेको फिल्म हो ‘चपली हाइट ३’ ।निकेश खड्का निर्देशित फिल्मको ‘चारानाको मसला’ बोलको गीत हालै छायांकन गरिए छ ।
काठमाडौँको ठमेलस्थित एक क्लबमा खिचिएको गीतमा फिल्मका कलाकारहरु स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट र महेश त्रिपाठीले नृत्य गरेका छन् ।

गीतमा सुवाष भुषालको संगीत, अस्मिता अधिकारी र राज खुम्बुको आवाज रहेको छ । प्रदीप लामाले कोरियोग्राफी गरेको गीतलाई पुरुषोत्तम प्रधानले खिचेका छन् । गीत छायांकनका केही तस्विरहरु निर्माण टिमले अहिले सार्वजनिक गरेको छ । जसमा अभिनेत्री द्वय स्वस्तिमा र सुपुष्पालाई बोल्ड रुपमा देख्न सकिन्छ ।

यो गीत चाँडै सार्वजनिक गरिने निर्माता अर्जुन कुमारले बताए । फिल्म अर्जुन कुमार फिल्मस् र केडिसी हस्पिटलले मिलेर निर्माण गरेको हो ।




