मनोरञ्जन

गायिका आस्था प्रहरीसमक्ष हाजिर

काठमाडौं । अभद्र व्यवहार कसूरमा पक्राउ पुर्जी जारी भएको एक सातापछि गायिका आस्था राउत आफैं प्रहरीसमक्ष हाजिर भएकी छिन् । उनी नातेदारसहित सोमबार बिहान टेकुस्थित महानगरीय प्रहरी परिसरको कार्यालयमा उपस्थित भएकी हुन् ।

उनी आज सोमबार बिहान ८ बजे महानगरीय प्रहरी परिसर टेकुमा हाजिर भएको परिसरका प्रवक्ता डिएससपी होविन्द्र बोगटीले जानकारी दिए । ‘बिहान ८ बजे उहाँ आफैं हाजिर हुनुभएको थियो । हामीले मेडिकल जाँच गरेर कानुनी प्रक्रिया अगाडि बढाएका छौं,’ प्रवक्ता बोगटीले भने ।

गत माघ १ गते त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनल कक्षमा सुरक्षा चेकजाँचका क्रममा गायिका राउतले महिला प्रहरीमाथि दुर्व्यवहार गरेको भन्दै महानगरीय प्रहरी परिसर टेकुमा उजुरी दर्ता भएको थियो । सोका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले गायिका राउतविरुद्ध माघ ५ गते पक्राउ पुर्जी जारी गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *