काठमाडौं । अक्सर म्युजिक भिडियोमा देखिने अभिनेत्री हुन् केकी अधिकारी । उनी जुनै प्रकारको म्युजिक भिडियोमा पनि देखिने गर्दछिन् ।
यस्तैमा अहिले उनी भोजपुरी गीतको म्युजिक भिडियोमा देखिएकी छन् । भोजपुरी गायिका इन्दु सोनालीको स्वर रहेको गीत ‘हमनिके भागिया’को म्युजिक भिडियोमा केकी देखिएकी हुन् ।
उपेन्द्र सहानीको शब्द र शिखर सन्तोषको संगीत रहेको गीतको भिडियामो आलोक शुक्लाको छायाँकन, पुर्णेन्द्रु झाको निर्देशन रहेको छ ।
भिडियो अभिनयमा केकी अधिकारीलाई बिजय यादब निर्विजले साथ दिएका छन् ।




