मनोरञ्जन

युट्युबमा हिट कलाकार एउटै म्युजिक भिडियोमा

काठमाडौं । वेभ सिरिजबाट लोकप्रियता कमाएका कलाकारहरु एउटै म्युजिक भिडियोमा देखिएका छन् ।
मेलिना राई र हिमाल सागरको स्वर रहेको गीतको भिडियोमा सहिन प्रजापति, कुशल विष्ट, जिवेशसिंह गुरुङ, सुनिसा बजगार्इं, सरोज ओली एकैसाथ देखिएका हुन् ।

‘मेरी पुतली’ बोलको म्युजिक भिडियो ‘गज्जब क्रु’ को पहिलो प्रस्तुति हो । दिपक शर्माको संगीत, घनश्याम ओलीको शब्द रहेको गीतको भिडियो सहिन प्रजापतिले निर्देशन गरेका हुन् ।

नवराज उप्रेतीको छायाँकन रहेकोे भिडियोलाई अमन मानन्धरले सम्पादन र रेनिश फागोले रंग संयोजन गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *