मनोरञ्जन

डिसहोम ल्यायो बालबालिकाका लागि उपयोगी ‘राइम्स’ च्यान

काठमाडौं। बहुआयमिक च्यानल प्रशारण गर्दै आएको डिसहोमले राइम्स च्यानल सञ्चालनमा ल्याएको छ । डिसहोमले ल्याएको राइम्स च्यानल दुईदेखि १२ बर्षसम्मका बच्चाहरुको लागि अत्यन्तै अर्न्तक्रियात्मक च्यानल हो ।

राइम्स च्यानल नं. ८०९ मा यो च्यानल हेर्न सकिन्छ । यो च्यानलले बच्चाहरुलाई पढ्ने आधार प्रदान गर्नुका साथै अंग्रेजी तथा गणितजस्ता विषयहरुको मात्र नभई विभिन्न मनोवैज्ञानिक सामाग्रीको माध्यमबाट दिमाग सुढृढ बनाउन मद्दत गर्ने डिसहोमको दाबी छ । राइम्स च्यालनले बच्चाहरुलाई घरमै बसेर सिक्न सक्ने एउटा उत्कृष्ट मञ्चप्रदान गर्ने डिसहोमले जनाएको छ

डिसहोमले मनोरञ्जन , ज्ञानवर्दक,खेलकुद लगायतका विभिन्न च्यानलहरुमार्फत दर्शकलाई अद्भुत दृश्य तथा मनोरञ्जन प्रदान गर्दै आएको छ । डिस होम नेपालमा रहेको अग्रणी डिटिएच सेवाप्रदायक कम्पनी हो । जसले थुप्रै डिजिटल एचडि च्यानलहरु उपलब्ध गराउँदै आइरहको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *