मनोरञ्जन

‘दि कर्मा’को ‘साना साना सपना’ गीत रिलीज

काठमाडौं । माघ १७ गते रिलीज हुने नेपाली चलचित्र ‘दि कर्मा’को ‘साना साना सपना’ बोलको गीत रिलीज भएको छ । गीतमा केतन क्षेत्रीको स्वर रहेको छ भने मानस बिक्रम थापा र अंकित बाबु अधिकारीको संगीत रहेको छ । गीतका रचनाकार मानस बिक्रम थापा हुन् ।

गीतमा कलाकारहरु जय राज राय र संगीता नापितलाई देख्न सकिन्छ । प्रेमभावमा बनेको यस गीतका कोरियोग्राफर रामजी लामिछाने हुन् ।

चलचित्रलाई देव कुमार श्रेष्ठले निर्देशन गरेका हुन् । जय मिडिया म्यानेजमेन्ट र श्रीत फिल्मस् एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा बनेको ‘दि कर्माुको कथा निर्माता जय राज राय आँफैले लेखेका हुन् । रायसँगै श्रीदेव बि।एल। र निशा खतिवडा निर्माता रहेको यस चलचित्रमा शारदा खड्का अर्याल सह निर्माताको रुपमा छन् ।

चलचित्रको छायांकन नेपालको तराई क्षेत्रमा भएको हो । चलचित्रमा जय र संगीतासँगै परमिता आर। एल। राणा, करण वर्मा, नीता ढुंगाना, बुद्दी तामांग, अनुप सक्सेना लगायतका कलाकारहरुको अभिनय रहेको छ । ‘दि कर्मा’को पटकथा तथा संवाद शुशील पोखरेलको हो । चलचित्रलाई रामेश्वर कार्कीले छायांकन गरेका छन् ।

दि कर्मा’ नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटनामा बनेको निर्माता जय राज रायले बताए । अर्का निर्माता श्रीदेवका अनुसार यो चलचित्र नेपाल रिलीजसँगै अन्य मुलुकहरुमा पनि रिलीज हुनेछ ।

https://youtu.be/vfrsWvt2w3s

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *