देश

बालबालिकालाई युवा उद्यमशीलता अभियान धादिङको आर्थिक सहयोग

काठमाडौं । बुवाको आत्महत्या र आमालाई प्यारालाइसिस भएपछि बिचल्लीमा परेका बालबालिकालाई युवा उद्यमशीलता अभियान धादिङले आर्थिक सहयोग गरेको छ ।

बुवा यमबहादुर थापा मगरको आत्महत्या र आमा लक्ष्मी थापालाई प्यारालाइसिस भएपछि १२ वर्षीया करिना थापा, १० वर्षीय काजी थापा र ७ वर्षीया सोममाया थापा बिचल्लीमा छन् । युवा उद्यमशीलता अभियान धादिङले संकलन गरेको ६० हजार २२७ रुपैयाँ स्थानीयको उपस्थिती र मेख बहादुर थापाको रोबरमा हस्तान्तरण गरिएको हो ।

उक्त रकम करिनाको उपस्थितिमा स्थानीय नरबहादुर थापामार्फत हस्तान्तरण गरिएको अभियानका सचिव रवि धमलाले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *