मनोरञ्जन

गायिका आस्थालाई दिए दीपक र राजेशले सुझाव

काठमाडौं । केही दिनयता गायिका आस्था राउत मिडियाकी हक केक बनेकी छन् । प्रहरीलाई गाली गर्दै केही दिन अगाडि सामाजिक सञ्जाल मार्फत एउटा भिडियो सार्वजनिक गरेपछि उनी चर्चा तथा आलोचना दुबै बन्न सफल भइन् ।
आफूलाई प्रहरीले ‘तँ’ भनेर दुब्र्यवहार गरेको भन्दै सामाजिक सञ्जाल मार्फत एउटा श्रव्यदृष्य सामग्री पोस्ट गरिन् । उक्त भिडियो हाल सामाजिक सञ्जालमा भाइरल नै भएको छ । १० मिनेट ३१ सेकेन्डको भिडियोमा गायिका राउतले प्रहरीलाई अपशब्द प्रयोग गरी गालीगलौज गरेको सुन्न देख्न सकिन्छ ।

उनले ड्युटीमा रहेकी महिला प्रहरीले आफुलाई अभद्र व्यवहार गरेको भन्दै आक्रोशमा उक्त भिडियो लाइभ गरेकी थिइन् । तर, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सुरक्षा जाँचका बेला भएको सबै गतिविधिको बिहीबार सिसिटिभी फुटेज सार्वजनिक भयो । सुरक्षा जाँचका क्रममा राउतले नै अभद्र व्यवहार गरेको फुटेजमा देखिएको भन्दै प्रहरी घटनाको अनुसन्धान थालेको छ ।

घटना गायिका राउत बुधबार अपराह्न त्रिभुवन विमानस्थलको आन्तरिक उडान कक्षबाट भद्रपुर जाने बेलाको हो । प्रहरीले भिडियो अनुसन्धान गरिरहेको खबर बाहिर आएपछि गायिका राउतले लाइभ आएर यस विषयलाई प्रस्ट्याउने कोसिश समेत गरेकी छिन् । यद्दपी यतिबेला आस्थाको उक्त भिडियो र घटनाक्रमलाई लिएर विभिन्न टिकाटिप्पणी हुन थालेका छन् ।

कतिले उनले ‘दम्भ’ देखाएको भन्दै विरोध गरिरहेका छन् । भने कतिले उनको समर्थन गरिरहेका छन् ।
यस बिषयमा अभिनेता दीपकराज गिरी र गायक राजेश पायल राईले उनलाई सामाजिक सञ्जाल मार्फत सुझाएका छन् ।

राजेशले आस्थालाई भनेः ‘तिमी रुन्ची नबन !’

गायक राजेश पायल राईले आस्था राउतलाई ‘धेरै रन्ची’ नबन्न आग्रह गरेका छन् । गायक राईले विमानस्थलमा जाँच गर्नु प्रहरीको अधिकार रहेको भन्दै माया लिनेले घृणा पनि सहनुपर्ने लेखेका छन् । सामाजिक सञ्जालमा एक पोस्ट गर्दै उनले सेलिब्रेटीमाथि चेक जाँच स्वभाविक भएको बताए । भारती सुपरस्टार शाहरुख खानलाई विमानस्थलमै कट्टु नै खोल्न लगाएको भन्दै जाँच गर्नु प्रहरीको अधिकार भएको बताएका छन् । तर उनले राउत र प्रहरी दुबै सुध्रनु पर्ने जनाएका छन् ।

https://www.facebook.com/rajeshpayalraiofficialpage/photos/a.10151545867202762/10157186538862762/?type=3

दीपकले आस्थालाई भने ‘बरु , म माँफी मांग्छु !’
अभिनेता दीपकराज गिरीले गायिका आस्था राउतलाई माफी माग्न सुझाव दिएका छन् । शनिवार समाजिक सञ्जाल फेसबुकमा एक खुल्लापत्र लेख्दै दीपकले यस्तो सुझाव दिएका हुन् । उनले आस्थाको तर्फबाट आफुले माँफी माग्ने बताउदै नेतालाई मात्र भीआइपी नमान्ने नेपाली संस्कृतिप्रति भने कटाक्ष गरेका छन् ।

https://www.facebook.com/deepakrajgiri84/posts/2907095749354080

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *