मनोरञ्जन

फागुनमा तेस्रो नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव

काठमाडौं । तेस्रो नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ) काठमाडौमा आयोजना हुने भएको छ । नेपाल चलचित्र ताथ साँस्कृतिक प्रतिस्ठानको आयोजनामा राष्ट्रिय सभागृह तथा पर्यटन बोर्डको सभाकक्षामा ५ दिन महोत्सव आयोजना हुन लागेको हो ।

आयोजक नेपाल चलचित्र ताथ साँस्कृतिक प्रतिस्ठानले बिहिबार पर्यटन बोड भृकुटी मण्डपमा एक कार्यक्रमको आयोजना सहित महोत्सवको बिभिन्न पक्षबारे जानकारी दिएको हो ।

कार्यक्रममा शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, वरिष्ठ फिल्मकर्मी नीर शाह, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, माननीय सांसद तथा गायिका कोमल ओली, कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का, निर्देशक समाजकी अध्यक्ष रक्षा सिंह राणा सहित फिल्मकर्मीको उपस्थिति रहेको थियो ।

महोत्सवमा ४० देशका ८० फिल्म देखाइनेछ । ५५ देशका ६०० फिल्मबाट यी चलचित्र महोत्सवका लागि छानिएका हुन् । फागुन १ देखि ५ सम्म चल्ने महोत्सवले नेपाली फिल्मको बिकाशमा टेवा पुर्याउने उदेश्य रहेको आयोजक संस्थाका अध्यक्ष केपी पाठकले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *