काठमाडौं । विगत २ बर्षदेखि रोकिएको नेफ्टा अवार्ड आयोजना हुने भएको छ । सोमबार प्रेसमिट दशौं नेफ्टा अवार्डको नेपालमा गर्ने घोषणा गरिएको हो । चैत्र १५ गते टुँडिखेलमा १० औं नेफ्टा अवार्ड आयोजना हुने प्रेसमिटमा जानकारी दिइयो ।
नेपाल भ्रमण बर्ष सन् २०२० लाई लक्षित गर्दै ‘ड्रिम हाई नेपाल’ सँगको सहकार्यमा नपाल चलचित्र प्राविधिक संघले दशौं नेफ्टा अवार्ड गर्न लागेको हो । विभिन्न ३२ विधामा अवार्ड प्रदान गरिनेछ । साथमा, ‘पपुलर फिल्म, पपुलर नायक, पपुलर नायिका, जनजाती फिल्म तथा लाइफ टाइम एचिभमेन्ट अवार्ड’ पनि प्रदान गरिने नेफ्टाका अध्यक्ष पुष्कर लामाले जानकारी दिए ।
घोषणा कार्यक्रममा महानायक नायक राजेश हमाल र भूवन केसी लगायतले चलचित्र प्राविधिकहरुको योगदान चलचित्र क्षेत्रमा उल्लेखनिय रहेको बताए । कार्यक्रममा प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल प्रमुख अतिथीको रुपमा उपस्थित थिए भने प्राविधिक तथा कलाकारहरुको बाक्लो उपस्थिति थियो ।




