मनोरञ्जन

अभिनेत्री ऋचा शर्मालाई मातृ शोक

काठमाडौं । अभिनेत्री ऋचा शर्मालाई मातृशोक परेको छ । उनकी आमा रिनादेवी शर्माको शुक्रबार साँझ निधन भएको छ । अभिनेत्री ऋचाकी आमाको ६७ वर्षको उमेरमा निधन भएको हो ।

उनको शनिबार पशुपति आर्यघाटमा अन्तिम दाह संस्कार गरिएको छ । ऋचाकी आमा रिनादेवी शर्मा लामो समयदेखि विरामी थिइन् । गएको महिना ऋचाले प्रेमी दिपेक्ष विक्रम राणासँग विवाह गरेकी थिइन् । त्यसबेला पनि उनकी आमा विरामी थिइन् ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *