काठमाडौं । सिजी इन्टरटेनमेन्टसँगको सहकार्यमा कामना मासिकले प्रत्येक वर्ष आयोजना गर्दै आएको ‘सिजी कामना फिल्म अवार्ड’को पाँचौ संस्करणमा शनिबार बाडिएको छ । ललितपुर सानेपास्थित हेरिटेज गार्डेनमा आयोजना भएको अवार्ड समारोहमा चलचित्र ‘प्रसाद’ले ५ विधामा अवार्ड हात पार्दै आफ्नो वर्चश्व कायम गर्न फल भएको छ ।
चलचित्रले उत्कृष्ट चलचित्र, पटकथा, अभिनेता, अभिनेत्री र निर्देशन गरि ५ विधामा अवार्ड जितेको छ । तर अवार्ड थाप्न यसका पट्कथा लेखक शुसिल पौडेल बाहेको कोही आएनन् ।
चलचित्रकर्मीहरु बाक्लो उपस्थिति रहेको अवार्ड समारोहमा प्रतिस्र्धामा २६ र अन्य ९ गरेर कुल ३७ विधामा अवार्ड बितरण गरिएको थियो । सोही अवसरमा ‘पुस्करलाल मिडिया अवार्ड’ बाट आर. के मानन्धरलाई सम्मानित भए । कलाकार नीर शाह र प्राविधिक सन्तु तामाङलाई नगद एक एक लाखसहित ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान समेत गरिएको थियो ।

अभिनेता राजेश हमालले उद्घोषण मार्फत सुरु गरेको कार्यक्रममा भुवन केसी, नीर शाह, करिश्मा मानन्धर, रमेश उप्रेती, दीपाश्री निरौला, पूजा शर्मा, पल शाह, सेड्रिना शर्मा, हरिहर शर्मा, मिथिला शर्मा, निर्मल शर्मा, गौरी मल्ललगायत कलाकार उपस्थित थिए ।
कस्ले पाए अवार्ड ?
उत्कृष्ट फिल्म : प्रसाद
उत्कृष्ट निर्देशक : दिनेश राउत (प्रसाद)
उत्कृष्ट अभिनेता : विपिन कार्की (प्रसाद)
उत्कृष्ट अभिनेत्री : नम्रता श्रेष्ठ (प्रसाद)
कामना पब्लिक च्वाईस अवार्ड : स्वस्तिमा खड्का
उत्कृष्ट सह अभिनेता : दयाहाङ राई (साइँली)
उत्कृष्ट सह अभिनेत्री : प्रियंका कार्की (नाईं नभनू ल ५)
उत्कृष्ट डेब्यू नायक : उमेश थापा (बोबी)
उत्कृष्ट डेब्यू नायिका : सुहाना थापा (ए मेरो हजुर ३)
सिजी क्रिटिक्स अवार्ड थिएटर : सिर्जना सुब्बा
सिजी क्रिटिक्स अवार्ड फेशन : ज्ञानी शोभा तुलाधार
सिजी क्रिटिक्स अवार्ड संगीत : न्ह्यु बज्राचार्य
कामना जुरी अवार्ड : हरी
उत्कृष्ट कथाकार : खगेन्द्र लामिछाने (डमरुको डण्डीबियो)
उत्कृष्ट डेब्यू निर्देशक : छेतेन गुरुङ (डमरुको डण्डीबियो)
उत्कृष्ट खलपात्र : प्रमोद अग्रहरी (कथा काठमाण्डु)
उत्कृष्ट सम्पादक : निमेष श्रेष्ठ (डमरुको डण्डीबियो)
उत्कृष्ट पटकथा : शुशिल पौडेल (प्रसाद)
उत्कृष्ट संवाद : दीपकराज गिरी (छक्का पञ्जा ३)
उत्कृष्ट हाँस्यकलाकार : केदार घिमिरे (छक्का पञ्जा ३)
उत्कृष्ट बालकलाकार : सेड्रिना शर्मा (नाईं नभनू ल ५)
उत्कृष्ट कोरियोग्राफर : कविराज गहतराज (छक्का पञ्जा ३)
उत्कृष्ट द्वन्द्व निर्देशक : शुक्रराज शाह (भिलेन)
उत्कृष्ट पाश्र्व संगीत : एलिश कार्की (डमरुको डण्डीबियो)
उत्कृष्ट संगीतकार : बसन्त सापकोटा (नाई नभनु ल ५)
उत्कृष्ट गीतकार : दिनेश थपलिया ( तिम्रो आँखामा (नाईं नभन्नू ल ५)
उत्कृष्ट गायक : हेमन्त राना मगर (साइँली)
उत्कृष्ट गायिका : अञ्जु पन्त ( सँगसँगै –बाँध मायाले)
उत्कृष्ट छायाँकार : पुरुषोत्तम प्रधान (नाईं नभन्नू ल ५)
उत्कृष्ट ध्वनी मिश्रण : सुनयमान श्रेष्ठ (छक्का पञ्जा ३)
उत्कृष्ट श्रङ्गार : श्याम लामा (चक्कर)
लाईफटाईम एचिभमेन्ट अवार्ड कला : नीर शाह
लाईफटाईम एचिभमेन्ट अवार्ड प्राविधिक : सन्तु तामाङ
‘पुस्करलाल मिडिया अवार्ड’ : आर. के मानन्धर




