मनोरञ्जन

ताराको लुकी लुकी गीतको भिडियो सार्वजनिक

ललितपुर । गीतकार तारा अधिकारीको अर्को गीत लुकी लुकी बोलको गीतको भिडियो सार्वजनिक भएको छ । प्रमोद खरेलको आवाजमा रहेको गीतमा संगीत रमेश कडरियाको र उदयराज पौडेलको एरेन्ज छ ।

भिडियोमा नाजिर हुसेन र एलिसा राइको अभिनयसहितको नृत्य छ । राजिव समरको कोरियोग्राफी रहेको गीतलाई शिलन लम्सालले सम्पादन गरेका छन् । भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् भने निर्देशन शान थापाको छ ।

टौवा क्रियसनले निर्माण गरेको भिडियोलाई सुनौलो तारा युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *