काठमाडौं । नेपाली काङ्ग्रेसका उपसभापति धनराज गुरुङले नेता र कर्मचारी ठिक भए देश त्यसै ठिक हुने बताएका छन् ।
नेपाल निजामती कर्मचारी युनियन ललितपुर महानगरपालिकाको आयोजनामा शुक्रबार ललितपुरको पुल्चोकमा रहेको याक प्यालेसमा आयोजना गरिएको नव बर्ष २०८२ को अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा क्यालेन्डर विमोचन कार्यक्रममा बोल्दै पुर्व मन्त्री समेत रहेका गुरुङले नेता र कर्मचारी मिलेर देश सुधार्नु पर्नेमा जोड दिए । उनले भने ,‘नेता र कर्मचारी ठिक भए देश आफै ठिक हुन्छ ।’
कारबाहीको छडी लगाएर सुधार्न भन्दा पनि कर्म सम्झेर सुधारको पाटोमा लाग्न समेत उनले आग्रह गरे । उनले भने ,कसैलाई कारबाही गर्छौ भनेर सुधार गर्न भन्दा पनि कर्म सम्झिएर काम गरे देश आफै बन्छ । नेतृत्वमा पुगेकाहरु इमान्दार नहुदा देश नबनेको उनको तर्क थियो ।



