कर्णाली प्रदेश

बालकुमारी घटनामा युवाको मृत्यु प्रकरणको विषयमा सुर्खेतमा आन्दोलन

काठमाडौं । शुक्रबार ललितपुरको बालकुमारीमा भएको आन्दोलनका क्रममा दैलेखका २१ वर्षीय सुजन रावतको मृत्यु भएपछि शनिबार वीरेन्द्रनगरमा सरकारविरुद्ध आन्दोलन सुरु भएको छ । दैलेखलगायत कर्णालीका युवाहरुले वीरेन्द्रनगरमा आन्दोलन शुरु गरेका हुन् ।

ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा सुजनसँगै अछामका वीरेन्द्र शाहको पनि मृत्यु भएको थियो । ‘हत्यारा सरकार चाहिँदैन, जनता मार्न पाइँदैन’ भन्दै युवाहरुले वीरेन्द्रनगरको एरिचोकबाट आन्दोलन सुरु गरेका हुन् । उनीहरुले टायर बाल्नेदेखि गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको राजीनामा समेत माग गरिरहेका छन् ।

उनीहरुले रोजगारीका लागि विदेश जान्छुभन्दा पनि राज्यकै कारण युवाहरुको ज्यान गएको उल्लेख गर्दै मृतक भएका युवालाई सहित घोषणा गर्न सरकारसमक्ष माग समेत राखेका छन् । आन्दोलनमा सहभागी दैलेखका नवीन योगीले गृहमन्त्री र भौतिक मन्त्रीले राजीनामा नदिएसम्म आन्दोलन झन थपिने समेत जानकारी दिए । ‘ प्रधानमन्त्ती प्रचण्डले सरकारका पक्षबाट गल्ति भएको समेत स्वीकारेका छन् । सरकारले पहिले सम्बन्धित निकायलाई स्पष्ट निर्देशन र देशमा भइरहेको कुशासनको नियन्त्रण गर्न नसक्दा आज देशमा यस्तो अवस्था सिर्जना भएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *