काठमाडौं । कर्णाली प्रदेशमा गठबन्धन दलहरुका बिचमा सहमति कायम गर्न एक दिन समय थप गरिएको छ ।
आज बसेको पाँच दलीय गठबन्धन संयन्त्रको बैठकले समस्या समाधान गर्न र सहमति कायम गर्न एक दिन समय थप्ने निर्णय गरेको हो ।
यसअघि गत चैत ३० गते बसेको प्रदेश स्तरीय संयन्त्रको बैठकले वैशाख ३ गतेभित्र स्थानीय तहको भागवण्डा मिलाएर पठाउन निर्देशन दिएको थियो ।




