काठमाडौं । कर्णाली प्रदेश सरकार आइतबार विस्तार हुने भएको छ ।
भागबण्डा मिलाउन समस्या भएका कारण सरकार गठन भएको तिन महिना बढि भइसक्दा समेत सरकारले पुर्णता पाउन नसकेको आलोचना भइरहेको थियो । तर सरकारमा रहेका दलहरुका बिचमा भागबण्डा मिलेकाले आइतबार प्रदेश सरकार विस्तार हुने मुख्यमन्त्री जीवनबहादुर शाहीले जानकारी दिए ।
सहमतिअनुसार नेपाली कांग्रेस र नेकपा एकिकृत समाजवादीले २ २ मन्त्रालय पाउने भएका छन् । भने नेकपा माओवादी केन्द्रले ३ मन्त्रालय पाउने भएको छ । यसअघि नेकपा एकिकृत समाजवादी र माओवादी केन्द्रले धेरै मन्त्रालय पाउनुपर्ने दाबी गरेका कारण सहमति जुट्न सकेको थिएन ।




