कला/साहित्य

उपहार

म सान खोज्न जन्मेको होईन
कृपया सुख उपहारमा नदिनु मलाई
मानको लागी आएको होईन
बिन्ती लोभको खाडल् नदेखाऊ मलाई
म कलममा दौडन सक्छु
मैदानमा पौडन सक्छु ॥

शिक्षकको पिडा
शिष्यलाई बताउन मिल्छ
शिष्यको पिडा शिक्षकलाई नबताऊनु
कलीयुगमा तिम्रो
बिनास हुन सक्छ॥

आफ्नो आफ्नै शैली हुन्छ सबैको !
हे भगवान !
तिम्रो निगाहामा
सबैको आफ्नो आफ्नै शैली हुन्छ
सिंहलाई घरमा बास दिए हुन्छ
कौवालाई पिजडामा नथुन्नु ॥

आफ्नो ठानेर
ख्याल ,ठट्टा र मजाक नगर्नु
बरू घाटमा चिताको बिश्वास होला
जल्न पनि धैर्य गर्ला कतै
जुन आकाशबाट टाढिन खोज्ला
तर,
चुक्ली लगाऊनेले निमेस लगाऊंदैन
झुटो सॅग मित लगाऊन पर्खदैनन्
अझै सुन्नेको पत्याऊने बानीले
टुना मुना फस्टाऊदै अनि
सत्य दुब्लाऊदै जान्छ ॥

म लेख्नको लागी जन्मेको होईन
बिधाता ,
मलाई कलम ऊपहार नदिनु
पिडा दिनेहरूको लागी सम्झाउन नखोज्नु
कलमलाई भाला सम्झनेले
कपी छेडेर जान्छन्
बिश्वास रेटेर जान्छन् ॥

म लेख्नको लागी जन्मेको होईन
मलाई कलम् उपहार नदिनु
कृपया सान र मान नदिनु
सुन्नेलाई सुनको माला ॥

कोमल ,काठमाडौ
२०८२/०३/२८

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *