कला/साहित्य

आशु

आशु पनि कस्तो बैमानी रहेछ
खुशी कै अगाडी झरेछ !
आशिर्वाद पनि कस्तो अभागी
दुखै दुखको मझेरीमा परेछ !

आकाश पनि निर्दयी लाग्न थाल्यो अचेल २
नुहाएकै दिन बर्षिए छ
आफु सॅग भएको
एकसरो
सुकाएको मात्र के थिए
गुडुग आवाजले
पुरानो कछाड्
बारमा अल्झिएर च्यातिएछ
सुकाएको लगौटीमा
आकाश बर्षिएछ ॥

सबै मेरा सन्तानलाई
भरिपुर्ण गराऊछु भन्थ्यौ
तिमी कस्तो बिधाता हौ ?
हे भगवान !
तिमी कस्तो समता हौ ?
हिमालमा धान अनि
तराईमा हिऊ खोज्नेलाई
बिद्धान मान्दछौ ।
पैसाको बर्षा गराऊछौ
लगौटी सुकाउंदा
निथ्रूर्कै भिजाऊछौ
अनि ,
अनि समताको गान रट्छौ
बिधाता !

सम्बन्धमा दौलत्
प्रेममा रूप रंग
अनि
ज्ञानमा ब्यवसायिकता
सधैं नै घातक हुन्छ ।
स्वर्गको सपना नदेख न प्रिया !
प्रिया तिमी
स्वर्गको सपना नदेख !
अप्सराले आमाको
भुमीका निभाऊन नसक्ने
जान्दा जान्दै
स्वर्गको सपना नदेख
तिम्रा पालुवा ओईलाऊछ
शकुन्तलाको बिजोग गराउने पनि
उही त हो नी निष्ठुरी
बिधाता !

आशुको ब्यापार नगर तिमी!
खुशी कै आगाडी
झरी दिन्छ ॥
आशिर्वादले पनि बाटो भुलेर
दुखकै मझेरीमा बज्रन्छ
आकाश पनि
च्यातिएको कछाड्मा बर्षन्छ ।
आमा ! आमा नै रहनु पर्छ प्रिया
अप्सरा त !
अप्सरा त
टुना मुना मात्र हो॥
आशु !
आशु पनि त बैमानि छ यहां॥

कोमल ,काठमाडौं
२०८२/०३/१६,सोमबार
असार शुक्ल पन्चमी

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *