कला/साहित्य

गजल

तिमीथ्यौ बसेका,यि फाली हलामा
हसायौ सजीलै, खसायौ खलामा ।

भरोसा नमिल्दा ,नबसौं भनेको
फसायौ टसायौ,अभागी थलामा ।

गजक्कै फुलेथ्यौ,दिए झैं जमानी
भसायौ धसायौ ,ति तिम्रा कलामा ।

सबै सुन्छु भन्दै ,म लोभी बनेको
सडायौ डढायौ ,ति जादु गलामा ।

अभागी भनौं की ,थिएं भाग्यशाली
चढायौ बढायौ ,लडायौ तलामा ।

रामचन्द्र ढकाल (कोमल) काठमाडौँ

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *