कला/साहित्य

गजल

तिमी हात आफ्नै,बजाएर आयौ
भए खालि भन्दै , लजाएर आयौ ॥

म आफैं हिडेको,बिधाता पुकारी
तिमी नाम मेरै ,भजाएर आयौ ॥

गरी खानु राम्रो,खनी खोस्री आफ्नै
नमानी निमुखा , कजाएर आयौ ॥

पकाए भनेथ्यौ ,बिहानी र राती
अरे लठ्ठु भाडा ,मजाएर आयौ ॥

अरू कै थियो नी,ति बाला र चुरा
लगायौ र आफैं ,सजाएर आयौ ॥

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *